प्रभु ऊर्जाले १२५% बोनस सेयर दिने, साधारण सभा आह्वान

२०८२ श्रावण २०, मंगलवार ११:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले आफ्ना सेयरधनीलाई १२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यो प्रस्ताव पारित गर्न कम्पनीले भदौ २१ गते काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ।

सभाले वार्षिक प्रतिवेदन अनुमोदन, लेखापरीक्षक नियुक्ति र सञ्चालकहरूको सुविधा निर्धारण जस्ता अन्य विषयमा पनि निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार