सुनको मूल्य एकैदिन प्रतितोला २४ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

२०८२ श्रावण ८, बिहीबार १३:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा सुन २४ सय रूपैयाँले घटेको हो ।

बुधबार तोलाको एक लाख ९७ हजार ६ सय रूपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार २३ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार २३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार