बारामा बाहिरियो एसईईको प्रश्नपत्र

२०७९ चैत्र १७, शुक्रबार ०५:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुरधाम । बारामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र ‘आउट’ भएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो ।

आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनका अनुसार परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको थियो । च्यूटाँहा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्षले भने त्यहाँबाट ‘आउट’ नभएको जिकिर गरेका छन् ।

प्रश्नपत्र बाहिरिएको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार