नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को शपथ ग्रहण समारोह सुरु

२०८२ चैत्र १३, शुक्रबार १२:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को पद तथा गोपनीयताको शपथ ग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई केही बेरमा प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको शपथलगत्तै आजै नियुक्त हुने नयाँ मन्त्रीहरूले पनि शपथ लिने तयारी गरिएको छ। समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारीहरू, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको छ। बालेनको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै मुलुकले नयाँ राजनीतिक नेतृत्व पाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार