काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गुन्डुस्थित निबासबाटै अहिले बिहान पक्राउ गरेको हो ।
जेनजी आन्दोलनमा ७६ जनाको ज्यान जाने गरी भएको आन्दोलनको मुख्य दोषी देखाएर ओलीलाई पक्राउ गरिएको हो। गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।





