सर्लाही कारागारमा मतदान सम्पन्न

२०८२ फाल्गुन २१, बिहीबार ११:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–९ स्थित सर्लाही कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा व्यवस्था गरिएको मतदान केन्द्रमार्फत कैदीबन्दीले मतदान गरेका हुन् ।

सहायक मतदान अधिकृत रिन्कु महतोका अनुसार कारागारमा रहेका कुल ३४ जना कैदीबन्दीले मतदान गरेका छन् । उनका अनुसार सबै कैदीबन्दीले मतदान गरेका छन् ।
निर्वाचन प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो । कैदीहरुका लागि तोकिएको समयमै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार