तराईमा हुस्सु र कुहिरोः यातायात र हवाईसेवा प्रभावित हुन सक्ने मौसम विभागको अनुमान

२०८० पुष २७, शुक्रबार १०:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै राति कर्णाली र सुदूरपश्चिम तथा गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असर तथा चिसोबाट बच्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार