राष्ट्रिय खेलकुद परिषद्ः एसियाली खेलकुद व्यबस्थापनका लागि काठमाडौंको त्रिपुरेश्वरमा सचिवालय स्थापित

२०८० जेष्ठ १९, शुक्रबार ०८:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । एसियाली खेलकुदको तयारी र व्यबस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरमा सचिवालय स्थापना गरेको छ ।

चीनको होङझावमा आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारी सहभागिता र व्यबस्थापनका लागि स्थापना गरिएको सचिवालय कार्यालयको खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे । सचिवालय उद्घाटन गर्दै मन्त्री लिम्बुले खेलकुद क्षेत्रको बिकासका लागि भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले यस क्षेत्रमा बजेट कम हुन नलिन आफु लागेको भन्दै विवाद नभई समन्वयकारी भूमिका निर्वाह गर्दै काम गर्न राखेपलाई निर्देशन दिए । उनले एसियाली खेलकुदको राम्रो व्यवस्थापनको तयारी भइरहेको भन्दै स्वार्थभन्दा मागि उठेर काम गर्नुपर्नेमा जोड दिए । त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको भन्दै तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको जानकारी दिए ।

उनले धेरै खेलको खेलाडी छनोट भइसकेको अवस्थामा विशेष प्रशिक्षणको तयारी भईरहेको बताए । विशेष तालिमका लागि बिशेष योजना तयार गरि कार्यान्वयन गर्ने गरि अघि बढ्ने उनले बताए । सदस्य सचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने उल्लेख गरे । आगामी असोज ६ गतेबाट एसियाली खेलकुद सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार