सहिद स्मारक ए डिभिजन लिगः फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब गोलरहीतले बराबर

२०८० जेष्ठ १८, बिहीबार ११:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहीत बराबरी खेलेका छन् ।

बिहीबार ललितपुरस्थीत च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा दुई टोलीले गोल गर्ने अवसरलाई खेर फालेका थिए । बराबरीसंगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको समान खेल खेलको हिमालयनले ३० अंक जोडेको छ । त्यस्तै विहीबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्यो ।

पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले खेलको ७५ औं मिनेटमा एकमात्र निर्णायक गोल गरे । जितसंगै पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ समान खेल खेलेको एनआरटीको २९ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार