बझाङमा गएको भूकम्पका घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

२०८० आश्विन १८, बिहीबार १०:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घाइते भएकाहरुको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले ब्यहोर्ने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा हिजो बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो । भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् ।

गत मङ्गलवार ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प जाँदा बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी तीन सयभन्दा धेरै घरमा क्षति पुगेको छ, भने, झण्डै ३२ वटा सरकारी कार्यालय तथा विद्यालय भवनमा पनि क्षति पुगेको छ । सुदूरपश्चिम प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम र बाजुरामा गरी २७ जना घाइते भएका छन् ।

भूकम्पले सबैभन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । बझाङमा एक महिलाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार