कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

२०८० बैशाख १५, शुक्रबार १२:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका हुन् ।

शर्माको विश्वासको पक्षमा २९ जना सांसद मत दिएका थिए भने विश्वासको मतको विपक्षमा १० सांसदले मत दिएका थिए । यससंगै मुख्य मन्त्री शर्माले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् । शर्मालाई माओवादी, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदले साथ दिए भने एमाले र राप्रपाले बिपक्षमा मत दिएको थियो ।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले तेश्रो पटक विश्वासको मत लिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार