प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

२०८० असार १७, आईतवार ११:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध भएको छ । आइतबार प्रदेशसभा बैठक सुरु हुनेबितिकै बजेटको बिषयमा आपत्ति जनाउदै एमाले सांसदहरुले नाराबाजी गरेका थिए ।

बैठकमा सभामुख तुलाराम घर्तिले अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष ०८०÷०८१ को राजश्व र व्ययमाथी वार्षिक अनुमान माथी बोल्न समय दिए लगत्तै प्रतिपक्षी एमालेका सासंदहरु रोष्टम अगाडि नारावाजी गर्न पुगेका थिए । एमाले सासंदहरुले संसदिय मर्यादा कायम गर्न र लुम्बिनी प्रदेश सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुर्नवाहालीको माग गर्दै नारावाजी गरेका थिए । प्रमुख प्रतिपक्षको नारावाजी पछि सभामुखले असार १८ गते १ बजे बस्ने गरी बैठक स्थगित गरेको थियो ।

यसअघि गत १३ गते आह्वान गरिएको बैठकमा पनि एमालेले बजेटको बिषयमा आपत्ति जनाउदै बिरोध जनाएका थिए । प्रतिपक्ष दलले सरकारले लिखित जवाफ नदिदा सम्म बैठक चल्न नदिने अडान लिएको छ । प्रदेश सरकारले भने सरकारलाई आर्थिक भार बढि परेकाले आफुहरु निर्देशनालय खारेजीको पक्षमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय