लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

२०८० बैशाख १९, मंगलवार ०८:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार लुम्विनी प्रदेशसभा बैठकमा चौधरीले विश्वासको मत लिदा उहाको पक्षमा ५३ जनाले मत दिएका हुन् ।

त्यस्तै विपक्षमा २९ जना प्रदेशसभा सदस्यले मत दिएका थिए । बैठकमा लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले विश्वासको पक्षमा परेको मत बहुमत भएकाले मुख्यमन्त्री चौधारीले विश्वासको मतका लागि पेश गर्नुभएको प्रस्ताव स्वीकृत भएको घोषणा गरे । मुख्यमन्त्री चौधरीको पक्षमा माओवादी लगाएतका दलहरु समर्थन गरेको थियो भने एमालेले बिपक्षमा मतदान गरेको थियो ।

गत बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकारले विश्वासको मत पाउन नसकेपछि १४ गते बहुमत सदस्यको हस्ताक्षरसहित चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार