लुम्बिनी प्रदेशः नवनियुक्त मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरीले लिए शपथ

२०८० बैशाख १५, शुक्रबार १०:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नवनियुक्त मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता चौधरी संविधानको धारा १६८ (२) अनुसार आठ दलका ५२ र एक स्वतन्त्र समेत गरी ५३ जना प्रदेश सभा सदस्यको समर्थनमा बिहिबार मुख्यमन्त्री नियुक्त गरेका थिए । यस्तै, शुक्रबार नै मुख्यमन्त्री चौधरीले सानो आकारको मन्त्रिपरिषद् पनि गठन गरेका छन् । नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई उहाले मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि बिहीवार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यस्तै शुक्रबार नै गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार