बागमती प्रादेशिक क्रिकेट संघको साधारणसभाः संघले आज नयाँ नेतृत्व पाउने

२०८० भाद्र १५, शुक्रबार १५:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बागमती प्रादेशिक क्रिकेट संघले आज नयाँ नेतृत्व पाउने भएको छ । यस्का लागि संघको दोस्रो साधारणसभा र अधिवेशन काठमाडौंमा जारी छ।

शुक्रबार बागमती प्रादेशिक क्रिकेट संघको दोस्रो साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले क्रिकेटका लागि प्रदेशमा सकारात्मक कार्यहरु भएको बताए । उनले कोभिड महामारीले प्रभाव पारेपनि बागमती प्रादेशिक क्रिेकट संघको प्रयासमा प्रदेश क्रिकेटका लागि राम्रो आधारहरु तय भएको बताए ।

उनले भने ‘जति गर्नु पथ्र्यो त्यति गर्न सकिएन, प्रयास राम्रो भएको हो, प्रदेश क्रिकेट र प्रदेश खेलकुद परिष्दले संयुक्त पहलमा गरेको मेहनत फलदायी रहयो तर कोभिड महामारीले तीन बर्ष थला पर्दा क्रिकेटमा गर्न सकिने जति हुन सकेन तर जति भए राम्रो र सकारात्मक प्रयास भए । ’

कार्यक्रममा संघका अध्यक्ष राजु बस्नेतले आधार खडा गर्ने र केही प्रतियोगिताको जग बसाल्ने काम भएको बताए । उनले भने ‘ भरतपुरमा भएको गौतम बुद्ध क्रिकेट प्रतियोगिताले आधार खडा गरेको छ,केही राम्रा प्रयासहरु भए तर कोभिड महामारीले गर्दा सोंचेको जति गर्न सकिन तर अब बन्ने नयाँ कार्यसमितिले धेरै गर्न सकोस् । ’ साधारण सभाले बागमती प्रादेशिक क्रिकेट संघको नयाँ कार्यसमिति चयन गर्दैछ । जस्मा ३७ मतदाताले १३ सदस्य कार्य समिति बनाउने छ ।

चुनाव आज हुँदैछ । ललितपुरमा हुने चुनावमा ३७ मतदाताले १३ सदस्यीय कार्यसमिति चयन गर्ने छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र चितवन जिल्ला क्रिकेट संघमा पदाधिकारी निर्वाचित उमेश पियाले अध्यक्षमा दावेदारी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय