कुकुरका आहार ममको रूपमा शहर पस्न थालेपछि, तिनै मम खानेमाथी जाइलाग्न थाले सामुदायिक कुकुर

२०७९ पुष २१, बिहीबार १२:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

चिन्तामणि अर्याल
स्याङ्जा,गल्याङ

जंगलमा समुहबनाएर सिकार गरेर बाँच्ने प्राणी कुकुर समयक्रममा मानिसले कुकुरको केही बिषेश गुणका कारण घरपालुवा बनायो र कुकुर पनि मानिसको संगतमा सहजभोजन उपलब्ध हुनेहुँदा मानिसको साथी बन्यो। मानिसको दिशा खाने र मान्छेले खाएर रहेको खानेकुरा खान पाउदा कुकुरलाई सहज जिविका भयो । तर समय क्रमसंगै कुकुरको संख्या बढ्दै गयो खाना उपलब्ध हुने माध्यम घट्दै गयो । खुला दिशा मुक्त भएपछि कुकुरको खानाको मुख्य श्रोत हरायो । मानिसले खाएर रहेको खाना गाउँमा भैसी बाख्रा लाई दिइन्छ भने बजारमा या त बंगुरलाई खोलेनी भनेर दिइन्छ या त फोहर उठाउने गाडीलाई। गाउँमा पशु चौपाया मरेर फालिन्थ्यो एकैपरिवारले दर्जनौं चौपाया पाल्दा महिनैपिच्छे कुकुरले सिनो खान पाउथ्यो किनकि मम को प्रचलन यति ब्यापक थिएन ।

अहिले भैसी कालगतीले मर्न पाउदैन गाई त लोप नै हुन लागीसक्यो। हरेक घरमा खाना खाएर चुठ्न निस्कदा एकगास कागरकुकुरलाई लिएर निस्कन्थ्यो र डिलमा दिइन्थ्यो १०० जनसंख्या भएको गाउँमा १०० गास कुकुरले पाउथ्यो त्यो प्रचलन पनि हरायो। १००० जनसंख्या भएको गाउँमा अहिले बसाई सराईले ३०० पनि छैन। जनसंख्या घटेपछि स्वभाविक रुपमा फालिने आहार पनि घट्यो। कुकुर रोयो भने अलच्छिन हुन्छ भनिन्थ्यो । भोको भयो भने कुकुर रुन्छ । भोको भएर रोयो भने आहारा खोज्ने क्रममा मान्छेलाई नै आक्रमण गरेपछि अलच्छिन् भैहाल्यो। यस बिषयमा मेरो एउटा अनुभव छ( सधै राती रुने कुकुर यसपटक कुकुरतिहारको दिन राती रोएन किनकि त्यसदिन प्रसस्त खाना खान पायो।

पौष १८ गते गल्याङ नगरपालिका ११ गल्कोट बस्ने ३७ बर्षिया रेणुलाई आक्रमण गरेपछि समाजमा विभिन्न खाले प्रतिक्रिया आईरहेका छन् । सुत्केरी कुकुरले बच्चा जोगाउन टोक्यो, आहार नपाएको झोकका टोक्यो यस्तै(यस्तै तर बास्तविकता त्यतिसरल छैन । उस्को क्षेत्रमा नौलो मान्छे जाँदा वा बच्चालाई जोगाउन भन्दा पनि उस्ले समुहमा सिकारगर्ने आफ्नो प्राकृतिक गुणमा फर्किदैछ । जंगलमा जंगली जनावरका बच्चा र कमजोर जंगली जनावरदेखी ठुला र बलिया जनावरलाई समेत कुकुरले समुहमा आक्रमण गरेर खाएको न्याटजियो, एनिमल प्लानेट जस्ता टिभीमा हामी देख्न सक्छौं ।

कुनै निकाय वा समाज पनि यस बिषयमा त्यति गम्भिर देखिदैन तर स्थिति भयावह हुन सक्छ । रेणुको ठाउँमा कुनै बच्चा हुन्थ्यो वा रेणुको श्रिमानले गुहारेको सुनेर जान्थेन भने के हुन्थ्यो होलारु पाँच मिनट मात्रै ढिला भएको भए कुकुरले जिउदै खाएर सिध्याउथ्यो । बाख्राबाट मानिसमा सरेको कुकुरको यो प्रवृत्ति अब दोहोरिने प्रवल सम्भावना सबैले बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय