एमालेको सचिवालय बैठक च्यासलमा जारी

२०८२ पुष २२, मंगलवार १२:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठक मंगलबार केन्द्रीय कार्यालय च्यासलमा जारी छ। निर्वाचन केन्द्रित एजेन्डामा केन्द्रित यस बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचनलगायत विविध संगठनात्मक तथा नीतिगत विषयमा छलफल भइरहेको छ।

पार्टी सचिव महेश बस्नेतका अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी एमालेले नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसँग चुनावी तालमेलका विषयमा संवाद गरिरहेको छ। आजको बैठकमा राष्ट्रिय सभा उम्मेदवार चयन, घोषणा–पत्र तयारी समिति गठनलगायत महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

बैठकका प्रमुख एजेन्डाहरूमा राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन, घोषणा–पत्र तयारी समिति तथा निर्वाचन परिचालन समिति गठन, निर्वाचन केन्द्रित भुगोलको कार्यविभाजन, र युवा केन्द्रित निर्वाचन परिचालन रणनीति तय गर्ने विषय समावेश छन्।

त्यसैगरी, संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी तथा सम्पर्क विशेष संगठन कमिटी गठनबारे पनि छलफल भइरहेको छ। पार्टी नियमावली र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधनका विषय पनि बैठकको एजेन्डामा रहेका छन्।

एमालेले राष्ट्रिय सभा निर्वाचनलाई प्रभावकारी बनाउन संगठन सुदृढीकरण र रणनीतिक तयारीलाई प्राथमिकता दिएको बताइएको छ। बैठकबाट हुने निर्णयहरूले आगामी निर्वाचनमा पार्टीको भूमिका र दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय