माओवादीले तोक्यो विधान अधिवेशनको मिति, कहिलेदेखि सुरु हुदैँछ?

२०८० पुष २८, शनिबार १७:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । माओवादी केन्द्रले आगामी फागुन १ गतेदेखि तीन दिन विधान अधिवेशन गर्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशनको मिति तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘बैठकको मुख्य एजेण्डा विधान सम्मेलन नै थियो । फागुनको १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भयो । त्यसका लागि प्रतिनिधिहरु पनि छान्ने क्षेत्र बनाइसकेका छौं ।’त्यस्तै बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको पनि उनले जानकारी दिए ।

उनले भने, ‘पार्टी एकताको विषयमा छलफल भएको थियो । पार्टी एकताका लागि एकता संयोजन समिति प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा बनाउने भन्ने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार