अर्थमन्त्री महत भन्छन्,’गणेशमान सिंहहरुको योगदान कै कारण लोकतन्त्र स्थापना सम्भव भएको हो’

२०८० आश्विन २, मंगलवार १६:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भक्तपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले, गणेशमान सिंह जस्ता व्यक्तित्वहरुको योगदानले देशमा लोकतान्त्रिक संविधान स्थापना सम्भव भएको बताएका छन् ।

आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतिमा अनावरण समारोहमा उनले देशमा लोकतान्त्रिक अधिकार र कानूनी शासन स्थापनाको लागि गणेशमान सिंहको योगदान अतुलनिय भएको भन्दै आउने पिढीले पनि त्यसलाई प्रेरणाको रुपमा लिनु पर्ने बताए ।

उनले भने, ‘यो देशमा लोकतान्त्रिक अधिकार र कानूनी शासन स्थापनाको लागि गणेशमान सिंहको योगदान अतुलनीय छ । अनेक चुनौतीहरु भोग्दै हामीले समावेशि लोकतान्त्रिक संविधान स्थापित गरेका छौँ । त्यो गणेशमान सिंह जस्तो व्यक्तित्वहरुको योगदानले सम्भव भएको हो । उहाँहरुबाट प्रेरणा लिएर अगाडि बढ्नु पर्छ र आउने पिढीलाई पनि त्यो योगदानलाई नभुल्न र सिंहले दिएको सन्देशलाई जान्न र बुझ्न प्रेरित गरिराख्नु पर्छ ।’

यस्तै, उनले केन्द्र, स्थानिय र प्रदेश सरकारको सहभागितामा पार्क निमार्णको काम पूरा गर्न सकिन्छ भन्ने विश्वसा पनि व्यक्त गरेका छन् । समग्र सरकारको तर्फबाट सुशासन, लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न र सिंहले देखाएको बाटोमा लाग्न सरकार प्रतिबद्ध रहको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय