कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

२०८२ मंसिर ४, बिहीबार १२:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज ९बिहीबार० का लागि बोलाइएको बैठक आगामी शनिबारसम्मका लागि सारिएको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

पार्टीभित्र विशेष महाधिवेशन गर्ने वा चुनावपछि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा बैठक पटक(पटक सर्दै आएको छ । संस्थापन इतर पक्षले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरिसकेको छ भने संस्थापन पक्ष चुनावपछि मात्रै महाधिवेशन गर्ने अडानमा छ ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठकले पार्टीको १५ औं महाधिवेशन र आसन्न प्रतिनिधिसभा निर्वाचनका विषयमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार