काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले दसैँ बिदाको समयमा पनि आफ्नो सेवा दिइरहेका छन् । सबैजसो क वर्गका बैंकले निश्चित समयका लागि सीमित सेवा दिने गरी आफ्ना शाखा कार्यालय र काउन्टरहरू सञ्चालनमा ल्याएका छन् ।बैंकहरुले ग्राहकको चाप, सेवाको किसिम आदि हेरेर आफ्ना विभिन्न शाखाहरू खुला रहने सूचना सार्वजनिक गरेका छन्।
बैंकहरुले मुख्य सहर र देशैभरका शाखाहरू निश्चित समयका लागि खुला राख्ने गरी सार्वजनिक सूचना नै जारी गरेका छन्। बैंकहरुले आफ्नो वेबसाइटमा कुन कुन शाखा कति कति बजे खुल्छन् र के के सेवा लिन पाइन्छ भनेर सूचना राखेका छन् । बैंक अनुसार कहाँ के छ भनेर बुझ्नका लागि आफू ग्राहक रहेको बैंकको वेबसाइटमा गएर हेर्न सकिन्छ ।
काठमाडौं उपत्यकाका लागि महाअष्टमी अर्थात् मंगलबार खुल्ने बैंक, उनीहरूका शाखा कार्यालय र खुल्ने समयबारे यहाँ सरल इन्फोग्राफिक्समा दिइएको छ ।




