झापाको भद्रपुरमा राँगा काट्ने क्रममा ग्रेन्डरले खुट्टा काटिँदा एक जनाको मृत्यु

२०८२ आश्विन १४, मंगलवार १२:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । झापाको भद्रपुरमा राँगा काट्ने क्रममा ग्रेन्डर मेसिनले खुट्टा काटिँदा एक जनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका-१ का ३५ वर्षीय रमेश परियारको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, परियार आफ्नै घरमा राँगाको मासु काट्ने क्रममा प्रयोग भएको ग्रेन्डर मेसिनले उनको बायाँ खुट्टा काटिएको थियो। गम्भीर घाइते भएका परियारलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
तर, अस्पतालमा उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अत्यधिक रक्तस्रावका कारण परियारको मृत्यु भएको अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार