जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै

२०८२ आश्विन १२, आईतवार ०८:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ ।

सचिवालयमा बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने उनले छ ।
बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।
जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार