जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए एमाले अध्यक्ष ओली

२०८२ आश्विन ११, शनिबार १३:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि आज (शनिबार) पहिलोपटक सार्वजनिक भएका छन्। उनी भक्तपुरको गुन्डुमा आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा सहभागी भएका हुन्।
आन्दोलनका कारण उत्पन्न असहज परिस्थिति र आफ्नो निवासमा भएको आगजनीपछि ओली सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। आजको कार्यक्रममा उनले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार