नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतवार १६:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।
काभ्रेको पनौती नगरपालिका – १२ गागलका वर्ष ३५ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।
जवरजस्ती करणीमा जेल परेका सन्तबहादुर जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । हत्यापछि सन्तबहादुर फरार छन् ।
इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार