काठमाडौं । तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो । अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।




