काठमाडौं । जेनजीका दुई समूहबीच बिहीबार झडप भएको छ । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयअगाडि भेला भएका उनीहरूबीच झडप भएको हो । जेनजीको एक समूहले अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको थियो ।
अर्को समूहले जेनजी पुस्ताबाट नै नेतृत्वका निम्ति तयार हुनुपर्नेमा जोड दिइरहेको छ । अर्को एउटा समूह भने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको पक्षमा छ ।
त्यही विवादबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।




