हरिसिद्धि दुर्घटना: मन्त्रीका चालकलाई उन्मुक्ति, २५ हजारमा ‘मिलापत्र’

२०८२ भाद्र २२, आईतवार १५:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरी छुटेका छन् ।

चौधरीले चलाएको गाडीले शनिबार हरिसिद्धिस्थित घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनापछि ललितपुर प्रहरीले उनलाई शनिबार नै नियन्त्रणमा लिएको थियो ।

कुनै उजुरी नआएको, बालिका उपचारपछि डिस्चार्ज भइसकेको र मन्त्रीले २५ हजार क्षतिपूर्ति तिरसकेकोले चालकलाई जिल्ला प्रहरी परिसर ललितपुरले छाडेको हो ।

नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा बालिकालाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार