जडिबुटीमा सवारी दुर्घटनामापरी दुईजनाको मृत्यु

२०८२ भाद्र १३, शुक्रबार १०:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। काठमाडौंको जडिबुटीमा सवारी दुर्घटनामापरी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो।
प्रहरीका अनुसार जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनीहरूका उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार