काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई लक्षित गर्दै न्युरोडस्थित जोय स्टोरसँग विशेष छुट सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतासँगै बैंकसँग आबद्ध ग्राहक तथा कर्मचारीहरूले प्रिमियम ग्याजेट खरिदमा आकर्षक छुट पाउने भएका छन्। सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले जोय स्टोरबाट आईफोन र म्याकबुकको खरिदमा ५ प्रतिशत छुट पाउनेछन्। साथै, आईफोन र म्याकबुकका एसेसरिजमा २० प्रतिशतको विशेष छुट प्रदान गरिनेछ। बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ‘इन्स्टापे’ स्किममार्फत किस्ताबन्दीमा सामान खरिद गर्ने सुविधा पनि पाउनेछन्। उक्त सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत श्री रमेश कुमार श्रेष्ठ र जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक श्री गुरु दत्त शर्माले हस्ताक्षर गर्नुभएको हो।
हालै ‘बैंक अफ द इयर २०२३’ तथा ‘फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४’ जस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित प्रभु बैंकले देशभर ३१२ शाखा, २८६ एटीएम तथा ६८ भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।




