युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी

२०८२ भाद्र १, आईतवार १०:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार