विधेयक कीर्तेको प्रतिवेदन सभामुखलाई

२०८२ श्रावण २०, मंगलवार १४:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको कीर्तेबारे छानबिन गर्न गठित संसदीय समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ। समितिले उक्त प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर्‍याएको छ।

समितिले विधेयकमा कर्मचारीका लागि राखिएको दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधानलाई खण्डित गर्ने गरी अर्को दफा थपिएको विषयमा अनुसन्धान गरेको हो। यही विवादपछि प्रतिनिधिसभाले छानबिन समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार