युनिभर्सल मेडिकल कलेजबाट ११४ जना चिकित्सक दीक्षित

२०८२ श्रावण २०, मंगलवार १२:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भैरहवा । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पतालबाट ११४ जना विद्यार्थी दीक्षित भएका छन्। कलेजले आयोजना गरेको दिक्षान्त समारोहमा एमबीबीएस र बीडीएस तह पूरा गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो।

समारोहमा कलेजकी प्राचार्य प्रा.डा. लक्ष्मी पाठकले दीक्षित विद्यार्थीहरूलाई सपथ गराएकी थिइन्। कार्यक्रममा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत अजय कुमारले चिकित्सकहरूलाई व्यावसायिकका साथै मानवीय र सामाजिक बन्न आग्रह गरे।

कलेजका अनुसार हालसम्म २,८७६ जना चिकित्सक उत्पादन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार