महोत्तरीबाट करिब ५ क्विन्टल अवैध गाँजासहित एक जना पक्राउ

२०८२ श्रावण १९, सोमबार १७:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका -५ रामगोपालपुर चोकबाट अवैध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ मकवानपुर राक्सिराङ गाउँपालिका -४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई करिब ४ सय ७० किलो ९ सय ६० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना ६ ख २९१९ नम्बरको ट्रकबाट १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासले यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार