परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा प्रकाशन गर्दै

२०८२ श्रावण १९, सोमबार १५:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। प्राविधिक समस्या नआएमा आज साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको छ ।

बोर्डले यस वर्ष वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएपछि परीक्षा गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो।

परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए।

जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार