कर्णाली करिडोरसहित प्रमुख राजमार्ग पहिरोले अवरुद्ध

२०८२ श्रावण १८, आईतवार १३:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। अविरल वर्षापछि देशका विभिन्न भागमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोसी राजमार्ग, सहिद राजमार्ग लगायतका सडकखण्ड अवरुद्ध छन् भने कर्णाली करिडोर पनि पूर्ण रूपमा ठप्प छ।

जुम्लाको सर्केगाड गाउँपालिका–१, खच्चा क्षेत्रमा आइतबार (साउन १८) बिहान करिब साढे ६ बजे खसेको पहिरोका कारण कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, जाजरकोटका नलगाड नगरपालिका–११, चौखाखोलामा पनि पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ।

यसबाहेक संखुवासभा, रसुवा, रोल्पा र रुकुम पश्चिमका केही स्थानमा यसअघिदेखि नै सडकखण्डहरू बन्द रहेका छन्।

प्रहरीका अनुसार आइतबार मध्याह्न १२ बजेसम्मको अपडेटअनुसार केही सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालनमा छन् भने अधिकांश ठाउँमा पूर्ण रूपमा यातायात प्रभावित छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार