काठमाडौं । ललितपुरमा एक पुरुषले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ थानकोट घर भई हाल ललितपुरको गोदावरी नगरपालिका-१४ ठैब बस्दै आएका ४६ वर्षीय निरोज कुमार खड्गीले उनकी श्रीमती ४६ वर्षीया सुस्मिता खड्गीको घाँटी थिचेर हत्या गरेका हुन्।
घरायसी विवादका क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ललितपुर प्रहरीले जनाएको छ। सुस्मिताको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।
हत्या आरोपी खड्गीलाई प्रहरीले पक्राउ गरेर घटनाको थप अनुसन्धान अघि बढाएको छ।




