ताप्लेजुङमा दर्दनाक घटना: गमबुटको विवादमा दाइले गरे भाइको हत्या

२०८२ श्रावण १७, शनिबार ११:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ताप्लेजुङ । ताप्लेजुङमा एक दाइले आफ्नै भाइको निर्मम हत्या गरेका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका-४, चाँगेमा गमबुटको विषयमा भएको सामान्य विवादले उग्र रूप लिँदा उक्त दर्दनाक घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार २२ वर्षीय मनकुमार विकले आफ्नै सहोदर भाइ २० वर्षीय रोशन विकको धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका हुन् । मनकुमारले भाइ रोशनको पेटमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
सामान्य घरायसी विवादकै कारण भएको उक्त घटनापछि प्रहरीले हत्यामा संलग्न मनकुमारलाई हत्यामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार