खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

२०८२ श्रावण १६, शुक्रबार १२:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कपिलवस्तु। कपिलवस्तुमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका-१० पिपरास्थित नगवामा बग्ने खोलामा पौडी खेल्ने क्रममा बिहीबार साँझ पानीमा डुबेर वाणगंगा नगरपालिका-५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षे छोरा वापस चौधरी र स्थानीय प्रेम थारुका १० वर्षे छोरा निशान थारुको मृत्यु हो ।

अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको टोलीले दुवै जनाको शव निकालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार