सिराहामा करेन्ट लागेर एक महिलाको मृत्यु

२०८२ श्रावण १५, बिहीबार १५:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिराहा । सिरहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिरहा नगरपालिका-१० नरहिया बस्ने ४५ वर्षीया सबिता कामतीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।

बत्ती बाल्ने प्लकमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार