दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, तीन घाइते

२०८२ श्रावण १५, बिहीबार १३:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दाङ। दाङको तुलसीपुरमा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी दुई जना किशोरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार, बिहान करिब ११ बजेतिर तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७, मोतीपुरको ओरालोमा रा १ त ३४७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए। ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका उनीहरूलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

उक्त दुर्घटनामा ट्याक्टरमा सवार १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीको पनि बाँया हातमा चोट लागेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार