काठमाडौं । राष्ट्रियसभा बैठकमा तिन जना मन्त्रीहरू निदाएका छन् ।
राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा मन्त्रीहरू निदाएका हुन् ।
उक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएको देखिएका हुन्।
यसअघि प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि निदाएका देखिएका थिए ।




