काठमाडौं। काभ्रेको धुलिखेलमा नक्कली सरकारी कागजात र छाप बनाउने गिरोहका दुई सदस्य पक्राउ परेका छन्। उनीहरुले वडा कार्यालयकै नाममा नक्कली अड्डा चलाएर कीर्ते काम गर्दै आएका थिए।
पक्राउ पर्नेमा किरण अर्याल र जितेन्द्र तामाङ छन्। प्रहरीले उनीहरुको साथबाट विभिन्न सरकारी कार्यालयका २६ थान छाप, नगद, राहदानी, नागरिकता, शैक्षिक प्रमाणपत्र र कम्प्युटरलगायतका सामग्री बरामद गरेको छ।
उनीहरूले विदेश जान चाहनेहरूका लागि नक्कली कागजात बनाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




