सिरहामा वृद्धको धारिलो हतियार प्रहार गरी हत्या

२०८२ श्रावण १४, बुधबार १२:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिरहा। सिरहामा धारिलो हतियार प्रहार गरी ८० वर्षीय वृद्धको हत्या गरिएको छ । जिल्लाको धनगढीमाई नगरपालिका ११ का भूपू वडाध्यक्ष कमलदेव यादवका बुवा फनिलाल यादवको मंगलवार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ ।

बिहान अबेरसम्म नउठेपछि परिवारजनले बोलाउन जादा फनिलाल घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

मृतकका जेठा छोरा कपिलदेव यादवले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
हत्याविरुद्ध स्थानीयहरुले धनगढीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार