सिँचाइ मोटर जोड्दा करेन्ट लागेर झापामा एक जनाको मृत्यु

२०८२ श्रावण १३, मंगलवार १४:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा । झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ सितागढी टोलका ५० वर्षीय अरूण राजबंशी रहेका छन्। सोमबार राति आफ्नो खेतमा सिँचाइ गर्न मोटर जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार