एनआरएनए बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित

२०८२ श्रावण ११, आईतवार ०९:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। गएराति  सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरेका हुन्।

पुडासैनीले एक हजार ४८२ मत प्राप्त गरे। अर्का उम्मेदवार   खरेलले नौ सय ७७ र खत्रीले ४९६ मत हात पारे। त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी भएका छन्।  सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्ष पदमा राममाया विष्ट थापा विजयी भएका छन्।

नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महशुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रतिक्रिया दिए। सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार