दैलेखमा गाडी दुर्घटना, १२ घाइते, ५ को अवस्था गम्भीर

२०८२ श्रावण ९, शुक्रबार १३:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दैलेख । दैलेखमा फोर्स गाडी दुर्घटना भएको छ । सुर्खेतदेखि जुम्ला जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी दैलेखको दुल्लू नगरपालिका-१ तल्लोडुंगेश्वर नजिक दुर्घटना भएको हो ।

गाडीमा सवार १९ मध्ये १२ जना घाइते भएका र घाइते मध्ये गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रहरी प्रमुख गणेश बरालले जानकारी दिए । उकालोमा यात्रु चढाउन लाग्दा गाडी ब्याक भएर सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार