रुसको सुदूर-पूर्वमा ४९ जना सवार विमान बेपत्ता, खोजी कार्य तीव्र

२०८२ श्रावण ८, बिहीबार १४:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 काठमाडौं । रुसको सुदूर-पूर्वी क्षेत्रमा करिब ४९ जना सवार एक यात्रुवाहक विमान बिहीबार बेपत्ता भएको छ। उडानकै क्रममा एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क विच्छेद भएपछि विमानको खोजी कार्य जारी राखिएको छ।
क्षेत्रीय गभर्नर भासिले ओर्लोभका अनुसार, विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। यात्रुहरूमध्ये ५ जना बालबालिका समेत रहेको उनले प्रारम्भिक जानकारी दिएका छन्।

स्थानीय आकस्मिक मन्त्रीका अनुसार, साइबेरियास्थित अङ्गारा एयरलाइन्सको उक्त विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टेन्दा सहरका लागि उडेको थियो। विमान आफ्नो गन्तव्य नजिकै पुग्नै लाग्दा सम्पर्कविहीन भएको बताइएको छ।
“विमानसँग सम्पर्क टुटेको छ र हामीले तत्काल खोजी तथा उद्धार कार्य सुरु गरेका छौं,” गभर्नर ओर्लोभले भने। विमान हराएको क्षेत्रमा उद्धार टोली परिचालन गरिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्। विमानको अवस्था अझै अज्ञात छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार