सप्तरी । सप्तरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६, मोहनपुरकी ५० वर्षीया संगीता राईको बिहीबार मृत्यु भएको हो । प्रहरीका अनुसार, उनलाई घर नजिकै सर्पले डसेको थियो । समयमै उपचार हुन नसक्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गर्मीयाममा सर्प, बिच्छी जस्ता विषालु जीवहरूको चहलपहल बढ्ने भएकाले विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।यस घटनासँगै स्वास्थ्यकर्मीहरूले राति हिँड्डुल गर्दा टर्चलाइट बाल्न, घरवरिपरि सरसफाइमा ध्यान दिन र सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्न सुझाव दिएका छन् ।




