प्रदेश प्रमुख शर्माद्वारा समवेदना प्रकट

२०८० असार २७, बुधबार १०:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गरेको छ । आज समवेदना पत्र जारी गर्दै प्रदेश प्रमुख शर्माले सीता दाहालको निधनले आफूलाई स्तब्ध बनाएको जनाएको छ ।

शर्माले यस दुःखद् घडीमा दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रधानमन्त्री पत्नी दाहालको आज बिहान ८।३३ बजे ६९ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय